दफा २४
विशेष साधारण सभा
(१) समितिले आवश्यक देखेमा विशेष साधारण सभा बोलाउन सक्नेछ ।

(२) कोषको लेखापरीक्षण गर्दा कुनै कारणले विशेष साधारण सभा बोलाउनु आवश्यक देखिएमा लेखापरीक्षकले त्यस्तो सभा बोलाउनको निमित्त समितिलाई अनुरोध गर्न सक्नेछ र समितिले पनि सो बमोजिम साधारण सभा बोलाउनु पर्नेछ ।

(३) कोषको चुक्ता पूंजीको कम्तीमा दश प्रतिशत शेयर लिने शेयरवाला वा शेयरवालाहरूको जम्मा संख्याको कम्तीमा पच्चीस प्रतिशत शेयरवालाहरूले कारण खोली विशेष साधारण सभा गराउन कोषमा दरखास्त पठाई मांग गरेमा समितिले कोषको विशेष साधारण सभा बोलाउनु पर्नेछ ।

(४) निरीक्षण गर्दा वा अन्य कुनै कारणले विशेष साधारण सभा बोलाउन आवश्यक देखिएमा नेपाल सरकारले त्यस्तो सभा समितिद्वारा बोलाउन लगाउन सक्नेछ ।

(५) यस दफा बमोजिम विशेष साधारण सभा बोलाउँदा कम्तीमा पन्ध्र दिन अगावै सभा बस्ने स्थान, मिति र समय एवं कार्यसूची (एजेण्डा) समेत उल्लेख गरी कम्तीमा दुई पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्न पर्नेछ ।